नेप्से सूचक ३३.२० विन्दुले घटेर १९७१.२० अंकमा


काठमाडौ, १४ असोज

न्युज कारखाना

सेयर बजार फेरि १९ सयकै लाइनमा झरेको छ । आइतबार नेप्से सूचक ३३.२० विन्दुले घटेर १९७१.२० अंकमा आएको हो । १ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

सेयर बजार सुधारका लागि नीतिगत व्यवस्था परिमार्जन हुने अपेक्षामा लगानीकर्ता बसिरहेका छन् । तर सरकार तथा केन्द्रीय बैंकबाट अहिलेसम्म सुधारको निर्णय भएको छैन । सोही कारण बजारले नकारात्मक प्रतिक्रिया जनाइरहेको अनुमान गरिएको छ ।

ब्याजदर महँगो छ । नीतिगत अवरोध जारी छ । यही कारण बजारले गति लिन नसकेको हो । सेयर बजार सुधारका लागि लगानीकर्ताको मनोबल उच्च हुन जरुरी छ । तर अहिले कठोर नीतिका कारण लगानीकर्ताको मनोबल गिरेको अवस्था छ । 

विशेषगरी सेयर बजारमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा राष्ट्र बैंकले लिन सक्ने निर्णयका बारेमा विभिन्न आँकलनहरु भइरहेका छन् । सोही आधारमा बजारले पनि प्रतिक्रियाहरु जनाइरहेको छ । केन्द्रीय बैंकले सेयर धितो कर्जामा १२ करोडको क्याप संशोधन र १५० प्रतिशतको जोखिम भार घटाउने सम्बन्ध निर्णय गर्न विलम्ब हुँदा लगानीकर्ता निराश भएका हुन् । 

१२ करोडको क्याप हटेमा वा संशोधन भएमा यसबाट बजारमा सकारात्मक बनोविज्ञान देखिने अनुमान छ । १२ करोडको क्याप भन्दा पनि ठूलो विषय भनेको १५० प्रतिशतको जोखिम भार हो । बजार सुधारका लागि यो जोखिम भार १०० प्रतिशतमा ल्याउनैपर्ने जानकारहरु बताउँछन् । यसो भएमा मात्र बजार दिगो सुधारतर्फ अघि बढ्न सक्नेछ । 

यस दिन २८४ कम्पनीको ६७ लाख २३ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड ७३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सिटिजन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः एनआइसी एसिया बैंक र सन नेपाल लाइफ इन्सुरेन्स परेका छन् । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope