प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी- तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनु भयो


काठमाडौं, १४ असोज । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा दुई देशका बीचमा उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव भट्टराईले भ्रमणका क्रममा ताइवान र तिब्बतको मुद्दामा चीनलाई विश्वस्त पार्न नसकिएको बताए। 

‘प्रधानमन्त्रीको चीन भ्रमणमा जे कुरामा हाम्रो सहमति हुनुपर्थ्यो, जुन मुद्दामा बहस हुनुपर्थ्यो त्यो भएन। सामान्य खुद्रा, मसिना कुराहरू भए,' उनले भने।

भट्टराईले प्रधानमन्त्रीको भ्रमणलाई तीर्थाटनको संज्ञा दिएका छन्। उनले भने, 'प्रधानमन्त्रीले तीर्थाटन पनि गर्नुभयो। छुट्टी पनि राम्रै मनाउनु भयो। तर मुख्यतयाः चीनसँग हाम्रो बीआरआईका सम्बन्धमा भएका सम्झौताहरूको कार्यान्वयन हो। त्यो चाहिँ देखिने गरी केही पनि भएन।’

उनले बीआरआई परियोजना चीनसँग नेपालको मुख्य एजेण्डा भए पनि सो एजेन्डामा प्रवेश नै नभएको बताए।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope