बाख्राले कोदो खाएको झोकमा वृद्धाको हत्या

धादिङ, १४ असोज । बाख्राले कोदो खाएको निहुँमा धादिङमा एक वृद्धाको हत्या भएको छ। नेत्रावती डबजोङ गाउँपालिका-४ की ७० वर्षकी सुकमाया गुरुङको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय मंगल गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १२ असोजको अपरान्ह ४ बजे सुकमायाको शव भेटिएपछि प्रहरीले अनुसन्धन सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानबाट हत्या भएको खुलेपछि प्रहरीले मंगल गुरुङको खोजी सुरु गरेकोमा उनलाई आफ्नो घरदेखि केही पर गोठमा लुकेर बसेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ। प्रहरीले हत्यामा पक्राउ गरेको खुर्पा पनि बरामद गरेको छ।
प्रहरीका अनुसार मृतक सुकमायाको गाईबाख्राले पटक पटक मंगलको अन्नबाली खाएको र घटना भएको दिन पनि सुकमायाको गाईबाख्राले मंगलको कोदो खाइदिएको थि । सोही विषयमा विवाद हुँदा आफूले सुकमायालाई खुर्पा प्रहार गरेको मंगलले स्वीकार गरेको प्रहरीको भनाइ छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस