खोरमा ताल्चा लगाउन बिर्सिदा सिंहले मारयो चिडियाखानाको कर्मचारी


टोकियो, १५ असोज । जापानको फुकुसिमास्थित तोहोकु सफारी पार्कमा एउटा सिंहले चिडियाखाना रक्षकको हत्या गरेको एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ । 

 

चिडियाखाना पालिएको सिंहलाई खाना खुवाउन गएका बेला सो दुर्घटना भएको थियो । सिंहको आक्रमणमा परी केनिची काटो नामक चिडियाखाना रक्षक मारिएका छन ।

 

द इन्डिपेन्डेन्टको समाचार अनुसार केनिची काटो सिंहलाई खुवाउन खाेर भित्र गएका थिए तर निस्कने क्रममा उक्त खाेरकाे ताला लगाउन बिर्सिए । सोही बेला सिंहले उनलाई पछाडिबाट आक्रमण गर्‍यो। उनको घाँटीबाट धेरै रगत बगेको थियो । उनको शरीरमा धेरै गहिरो घाउको निशान थियो । 

 

जसलाई देखे पछि सबै छक्क परेका थिए । चिडियाखाना प्रशासनले तुरुन्तै काटोलाई नजिकैको अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। स्थानीय प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएको छन भने आक्रमणपछि सो सिंहलाई बेहोस अवस्थामा राखिएको छ ।   

यस घटनाका सम्बन्धमा पत्रकारसँग कुरा गर्दै निकुञ्जका वरिष्ठ अधिकारी नोरिचिका कुमाकुबोले ढोका खोलेर जनावरका लागि खाना खुवाइने गरिएकाे थियाे । खाना राखेपछि ढोका बन्द गरेर ताला लगाउनु पर्छ तर काटोले त्यसो गर्न बिर्से र त्यसैबेला ढोका खुल्ला छोडिदिए पछि सिंहले मौका पाएर उनीमाथि आक्रमण गरयो । 

 

सो घटना पछि सुरक्षा व्यवस्थापन उपायहरू सुधार गर्न चिडियाखाना अस्थायी रूपमा बन्द गरिएको छ।

 

चिडियाखानाका अधिकारीहरूले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै काटोको परिवारसँग माफी मागेका छन्। आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि पहल गरिने आश्वासन दिएका छन् । काटो २७ वर्षदेखि तोहोकु सफारी पार्कमा कार्यरत थिए । यस्तो अवस्थामा सिंह, बाघ र भालुजस्ता जनावरसँग व्यवहारमा उनी अनुभवी मानिन्थे  तर दुर्घटना भएको दिन उनले खाेरकाे ढोका लगाउन भुल गरे, जुन गल्तीले उनको ज्यान गयो ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope