टर्कीको आन्तरिक मन्त्रालय अगाडी आत्माघाती बिष्फोट


अंकरा, १५ असोज । प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) ले राजधानी अंकारामा भएको आत्मघाती बम आक्रमणको जिम्मेवारी लिएको छ। 

 

टर्की र यसका पश्चिमी सहयोगीहरूले आतंककारी करार गरेको पिकेकेले टर्कीको आन्तरिक मन्त्रालयको कार्यालय नजिकै विस्फोट गराएको थियो, जहाँ दुई प्रहरी अधिकारी घाइते भएका थिए । टर्कीका गृहमन्त्रीका अनुसार विस्फोटमा घाइते दुई प्रहरी अधिकारीकाे उपचार भईरहेको छ । 

पीकेकेले बम विष्फोटमा आफ्नो संलग्नता स्वीकार गर्दै भनेको छ कि हाम्रो अमर ब्रिगेडको टोलीले टर्कीको आन्तरिक मन्त्रालयको अगाडी, उनीहरूकाे सामुन्ने एउटा घटना घटाएको छ । एएनएफ समाचार एजेन्सीलाई सो पार्टीले पत्र पठाएर घटनाको जिम्मेवारी लिएको थियो । सो समाचार एजेन्सी एक कुर्द समाचार एजेन्सी हो, जसले मध्य पूर्वबाट समाचार सङ्कलन र प्रसारण गर्दछ।

 

युरोपेली संघ, संयुक्त राज्य अमेरिका साथै टर्कीमा आतंकवादी समूह पिकेके १९८४ मा दक्षिण पूर्वी टर्कीमा सशस्त्र विद्रोह सुरु गर्यो, जसबाट अहिलेसम्म ४० हजार भन्दा बढी मानिसहरू मारिएका छन्।

यसैबीच, नाटोका महासचिव जेन्स स्टोल्टनबर्गले आतंकवाद विरुद्धको लडाईमा टर्कीसँग नाटोको ऐक्यबद्धता व्यक्त गर्दै अंकारामा भएको आक्रमणको कडा निन्दा गरेका छन्। स्टोल्टनबर्गले घाइते प्रहरी अधिकारीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् भने टर्कीका राष्ट्रपति एर्दोगानले संसदमा सम्बोधन गर्दै घटनालाई सम्बोधन गर्दै आतंकवादीहरूले आफ्नो उद्देश्य हासिल गर्न कहिल्यै नसक्ने बताएका छन्  ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope