क्यासिनोको भ्यानमा स्रोत नखुलेको १२ लाखसहित तीन भारतीय पक्राउ


भैरहवा, १६ भदाैं । सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित ३ भारतीयलाई पक्राउ गरेको छ ।

 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ डण्डामा अवस्थित सशष्त्र प्रहरी बल नेपालले प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाको चेकजाँच टोलीले राती ९ बजे चेकजाँच गर्ने क्रममा १२ लाख भारतीय रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

 

नेपालतर्फ आउदै गरेको अवस्थामा गाडीमा सवार सुनौली ग्राम पंचायत वडा नं. २० सुनौली का ३८ वर्षिय राजु कौशल, जिल्ला गोरखपुर, हमायुपुर दक्षिण गोरखपुर का ४० वर्षिय अभिनव जैसवाल र सोही स्थान बस्ने  ३४ वर्षिय आस्तिक त्रिपाठीको साथ स्रोत नखुलेको भारतीय नगद बरामद भएको सशस्त्र प्रहरी बल २७ नम्बर गणका सूचना अधिकारी डिएसपी दुर्गा थापाले जानकारी दिए । 

 

भारतीय युवाहरुसहित भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० नम्बरको होटल लाकौलको भ्यान र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको नान्स होटलको भ्यानमा सवार उनीहरूको साथमा रहेको ५ सय दरका भारतीय रुपैयाँ बरामद गरिएको थियो, बरामद रुपैयाको स्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बलले रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । स्रोतका अनुसार नेपाल आउदै गरेका भारतीयहरु क्यासिनो जाने योजना बनाएर भारतबाट आएका थिए, बेलहिया नाकामा सिमावर्ती क्षेत्रमा संचालित क्यासिनोहरुले पिक एण्ड ड्रप सेवासहित भ्यान सञ्चालन गरेकोले सोही भ्यानमा उनीहरु सवार भई आउदै गरेकाे बेला समातिएका हुन ।

 

बेलहियाबाट होटलसम्म ल्याउने र लैजाने जिम्मा पाएको ती भ्यानहरु अधिकांस चेकिङ्ग प्वाइन्टमा विना रोकावट आउने जाने गरेका थिए, विशेष सूचनाको आधारमा ति गाडीहरु आइतबार राती रोकि चेकजाँच गरिएको थियो । पक्राउ परेका तीनै जना र बरामद रकम आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ । 

 

नेपाल राष्ट्र बैंकले सय रूपैयाँभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाएको छ । नेपालमा ५ सयको भारतीय नोट आधिकारिक रुपमा प्रचलनमा नभए पनि क्यासिनोहरुमा भारतीय नोट नियमित आउने गरेको छ । भारतीय पर्यटकहरुले २५ हजार रुपैया सम्म ल्याउन पाउने व्यवस्था रहे पनि पर्यटन भारतीय पर्यटकलाई २५ हजारभन्दा बढी ल्याउन नदिने नियमले पर्यटन क्षेत्र प्रभावित भएको भन्दै व्यवसायीहरुले यो रकम कम भएको र भारतीय पर्यटक खर्चिलो भएकोले यो व्यवस्था पुर्नावलोकन गर्नुपर्ने माग गर्दै आएका छन । 

 

राष्ट्र बैंकको विदेशी विनिमय ऐनमै एक सयभन्दा माथिको भारतीय रकम २५ हजारसम्म मात्रा ल्याउन मिल्ने कानुनी अडचनका कारण नेपालका विभिन्न  धार्मिक तथा पर्यटकीय स्थल घुम्न आएका भारतीयलाई समस्या भएको पर्यटन व्यवसायीहरुले भन्दै आएका छन । रुपन्देहीमा करिब आधा दर्जन होटलमा क्यासिनो संचालनमा रहेको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope