क्रिकेटः कमल थापाले भने, ‘पराजयका बाबजुद नेपालको उत्कृष्ट प्रदर्शन’


काठमाडौं, १६ असोज । क्रिकेटमा नेपाल भारतसँग पराजित भए पनि राप्रपा नेपालका अध्यक्ष कमल थापाले पराजयका बाबजुद उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् ।
 

एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भए पछि राप्रपा नेपालका अध्यक्ष थापाले नेपाली टिमले जति खेल्यो, त्यो आफैमा उपलब्धीपुर्ण भएको प्रतिक्रिया दिएका हुन् ।

 

‘एशियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वार्टर फाईनलमा भारत विरुद्ध नेपालले पराजयका वावजुद उत्कृष्ट प्रदर्शन गरेको छ,’ अध्यक्ष थापाले भनेका छन, ‘टि–२० ‘फरम्याट’मा खेलिएको प्रतिस्पर्धामा नेपालले १७९ रन बनाउन सक्यो, त्यो आफैमा उपलव्धि हो।’ 

उनले अगाडी लेखेका छन, ‘भारतसँग नेपाल २३ रनले पराजित भएको छ, टिम नेपाललाई बधाई ।’

चीनको हाङजाउमा मंगलबार बिहान भएको नेपाल भारतसँग २३ रनले पराजित भएको थियो । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेटको क्षतिमा १७९ रनमा सिमित हुदैँ बाहिरिए पछि थापाले सन्तोष ब्यक्त गरेका हुन् ।

भारतसँगको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९-२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाएका थिए भने अन्य खेलाडले दोहोरो अंक पनि जोड्न नसके पछि अन्ततः नेपाल २३ रनले पराजित हुन पुग्यो ।  नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिन सफल भएका थिए ।

 

यो हारसँग नेपाल प्रतियोगिताबाट नै बाहिरिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope