क्रिकेटः भारतसँग पराजित भए पछि ओलीले भने, ‘हाम्रो प्रतिस्पर्धा क्षमता बढेको छ’

काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेटरले खेलेको खेल प्रति सन्तुष्ट ब्यक्त गरेका छन् ।
एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भए पछि ओलीले सो एकदिन जीत हुनेमा आशावादी हुनु पर्ने बताएका छन ।
‘मात्र २३ रनको फरक, हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन, ‘कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ ।’
चीनको हाङजाउमा मंगलबार बिहान भएको नेपाल भारतसँग २३ रनले पराजित भएको थियो । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेटको क्षतिमा १७९ रनमा सिमित हुदैँ बाहिरिए पछि ओलीको सो प्रतिक्रिया आएको हो ।
भारतसँगको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९–२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाएका थिए भने अन्य खेलाडले दोहोरो अंक पनि जोड्न नसके पछि अन्ततः नेपाल २३ रनले पराजित हुन पुग्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिन सफल भएका थिए ।
यो हारसँग नेपाल प्रतियोगिताबाट नै बाहिरिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस