प्रचण्ड सरकार देशलाई टाट पल्टाउन उद्यत छः ओली 


काठमाडौं, १६ भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग देश बनाउने कुनै भिजन नभएको आरोप लगाएका छन् । 

 

मुलुककाे अर्थतन्त्र धरासयी बन्दै गएको र बैंकहरुसँग ऋण लिएर कर्मचारीले तलब खुवाउनु पर्ने अवस्था आउँदा पनि प्रचण्ड सरकार गम्भिर नभएको ओलीको आरोप छ ।

 

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले अर्थतन्त्र धरासयी हुदाँ पनि बर्तमान सरकारले कुनै बिजनेस प्लान बनाउन नसकेकोसमेत जनाए । ‘अर्थतन्त्र धरासयी भईसकेको छ, सरकार बैंकहरुसँग ऋण मागेर कर्मचारीलाइ तलब खुबाउने अवस्थामा छ, असोज फेरी बैंकसँग तलब खुवाउन ऋणा माग्दैछ तर कुनै गम्भिर भएको छैन, इतिहासका यति निकम्मा सरकार अहिलेसम्म बनेको थिएन, यो सरकारसँग कुनै बिजनेस प्लान छैन ।’ 

 

सरकार रेमिटयान्सको आम्दानी देखाएर मख्ख परेको तर उत्पादन बढाउनका लागि कुनै ‘बिजनेस प्लान’ बनाउन नसकेको पनि उनको भनाई छ ।

 

‘यो सरकार देशलाई टाट पल्टाउन लागेको छ, अर्थतन्त्र धरासयी हुदाँ पनि अलिकति पनि गम्भिर छैन्,’ उनले भने, ‘यो सरकारले अर्थतन्त्र ह्यान्डल गर्न सक्दैन, यो निकम्मा भईसक्यो ।'


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope