भारतसँग नेपाल २३ रनले पराजित, क्ववाटर फाइनलवाटै बाहिरयो


काठमाडौं, १६ असोज । भारतसँग नेपाल पराजित भएको छ । 

 

एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको हो ।

चीनको हाङजाउमा मंगलबार बिहान भएको नेपाल भारतसँग २३ रनले पराजित भएको हो। भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेटको क्षतिमा १७९ रनमा सिमित हुनु परेको हो ।

भारतसँगको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९–२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाएका थिए भने अन्य खेलाडले दोहोरो अंक पनि जोड्न नसके पछि अन्ततः नेपाल २३ रनले पराजित भएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन् ।

 

यो हारसँग नेपाल क्ववाटर फाइनल प्रतियोगिताबाट बाहिरिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope