‘भ्रष्टचारको फाइल खोल्छु’ भन्दै सरकार ब्लाकमेलिङ गर्दैछः ओली


काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टचारको छानबिन गर्छु भनेर ‘ब्लाकमेलिङ’ गरिरहेको आरोप लगाएका छन् ।

 

ललिता निवास प्रकरणमा जग्गा बेच्नेलाई भन्दा किन्नेलाई पक्राउ गरेर अनाहकमा दुःख दिएको तथा सुन तस्करीमा संलग्न भएकालाई पक्राउ नगरेको भन्दै सरकार आफै ब्लाकमेलिङमा लागेको उनको आरोप छ ।

 

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष ओलीले ‘भ्रष्टचारको फाइल खोल्छु भनेर भनेर सरकारले ब्लाकमेलिङ गर्ने गरेको छ, ललिता निवास प्रकरणमा किर्ते मुद्धा मात्रै चलाउनु के नियत के हो ? कहिलेकाँही चोख्याउनका लागि पनि मुद्धा दर्ता गरिन्छ, अहिले सरकार त्यही गरेर बसेको छ ।’ 

 

ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ‘ब्लाकमेलिङ’ लागेको भन्दै गम्भिर हुनु पर्ने जनाएका छन् ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope