माओवादीका अमरगढी नगरकमिटी अध्यक्षले गरे पार्टी परित्याग


डडेल्धुरा, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अमरगढी नगरपालिका नगर कमिटी अध्यक्षले पार्टी परित्यागको घोषणा गरेका छन्।

माओवादी केन्द्र अमरगढी नगरसमितीमा काम गर्दै आएका यादवप्रसाद ओझाले विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको जनाएका छन्।

उनले माओवादी केन्द्रको सक्रिय सदस्य, अमरगढी नगरकमिटी अध्यक्षको रूपमा काम गरिरहेको जनाउँदै आजकै मितिबाट लागू हुनेगरी पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत् जनाएका छन्।

'मैले पार्टीको सदस्यको रुपमा पार्टी हितमा आफ्नो भूमिकालाई सक्रियतापूर्वक अगाडि बढाई संगठनलाई जनतासँग एकाकार गराएर लैजाने आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेँ। तर, अब उपारान्त पार्टीमा नरहेको कुरा जानकारी गराउँछु,' विज्ञप्तिमा उनले भनेका छन्।

विविध व्यक्तिगत कारणबस्  नगरकमिटी अध्यक्ष पदबाट र पार्टी साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको उनको भनाइ छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope