शरण अस्वीकार गरे पछि बेलायतमा बम बिष्फाेट गराएकाे प्रहरीकाे निष्कर्ष


लन्डन, १६ असोज । दुई वर्ष पहिले बेलायतको अस्पताल बाहिर बम आक्रमण गर्ने इराकी मूलका एक व्यक्तिले आफ्नो शरणको दावी अस्वीकार गरेकोमा बेलायत विरुद्ध उजुरी दिएकाे खुलेकाे छ ।

 

नोभेम्बर २०२१ मा उत्तर–पश्चिम इङ्गल्याण्डको लिभरपुल महिला अस्पताल बाहिर एउटा ट्याक्सीमा घरेलु बम राख्दा ३२ वर्षीय इमाद अल स्वलामीनकाे मृत्यु भएकाे थियाे । यस बाहेक यस असफल हमलामा कसैको मृत्यु भएन, ट्याक्सी चालक सामान्य चोटपटकमा भाग्न सफल भएका थियो ।

 

युद्धमा मारिएकाहरूलाई सम्मान गर्ने कार्यक्रमको केही समय अघि गराइएको सो बिष्फोट पछि प्रहरीले तुरुन्तै यसलाई आतंकवादी घटना घोषणा गर्‍यो। तर, लामाे छानबिन पछि  स्वल्मिनले चरमपन्थी विचार राखेको कुनै प्रमाण नभएको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ, जसका कारण उनले अाफुलाइ शरणार्थीको दर्ज दिनु पर्ने जिकिर गर्दै अाएकाे बेलायती प्रहरीले जनाएको छ । 

 

प्रहरी प्रतिबेदनमा भनिएको छ, ‘यस्तो देखिन्छ कि बेलायती राज्य विरुद्ध अल स्वलामीनले आफ्नो शरणको दावी स्वीकार गर्न असफल भए पछि उनको मानसिक स्वास्थ्य बिग्रियो, जसको परिणामस्वरूप गुनासो बढ्दै गयो र अन्ततः ती कारकहरू बने, जसले उनलाई आक्रमण गर्न प्रेरित गर्ने कार्य गर्‍यो।'

इङ्गल्याण्डको उत्तर–पश्चिमका लागि काउन्टर टेररिज्म युनिटका डिटेक्टिभ सुपरिटेन्डेन्ट एन्डी मीक्सले भने कि स्वेलामिनले अस्पतालमा आफ्नो बम विस्फोट गर्ने योजना बनाएको थियो भन्ने विश्वास गरिएको थियो तर यो योजना भन्दा पहिले नै विस्फोट भएको हुन सक्छ।

 

स्वेल्मीनले जोर्डन राहदानीमा कानुनी रूपमा आए पछि बेलायतमा सिरियाली शरणार्थीको रूपमा शरणको लागि झुटो दाबी गरेको आरोपमा पहिले दोषी ठहरिएको थियाे । उनको शरणको दाबी अस्वीकार गर्न आतंकवाद विरोधी प्रहरीले सुझाव दिएको थियो । तर, स्वल्मिनले बेलायतमा बस्नको लागि आफ्नो मुद्दा बलियो बनाउने आशामा धर्म परिबर्तन गरी ईसाई धर्मसमेत अपनाएका थिए । तर, बेलायतले उनलाइ शरणार्थीकाे मान्यता दिएन, जसका कारण उनी रिसाउन पुगे ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope