पाँचवटा निकायका चिकित्सकहरु भुकम्प प्रभावित क्षेत्रमा सक्रिय


काठमाडौं, १८ कार्तिक । जाजरकोटलाई केन्द्रबिन्दु गएर भुकम्प प्रभावित क्षेत्रमा पाँच निकायका चिकित्सकहरु खटिएका छन । 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयका अनुसार पहिलो काम उद्दार, उपचार र राहत भएकाले राज्यका सबै साधनश्रोत त्यसमा केन्द्रित गरिएको छ।

हाल भुकम्प प्रभावित क्षेत्रमा वीर हस्पिटल, ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरु स्वास्थ सामाग्रीसहित प्रभावित क्षेत्र पुगिसकेकाे सचिवाललयले जनाएको छ । तत्काल उपलब्ध केहि राहत सामाग्री पनि हेलिकप्टर र जहाजमार्फत पठाई सकिएको र उनीहरुले आफनो तर्फवाट काम सुचारु गरिसकेका छन् ।

उद्दार र राहतको लागि संघीय, प्रदेश तथा स्थानीय सरकारका सबै निकाय परिचालित भएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्रालयमार्फत प्रभावित जिल्ला मात्र नभई आसपासका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि उद्दार र राहतमा सहभागी बन्न निर्देशन भएको छ भने सम्पुर्ण देशवासी तथा आज नै प्रभावित क्षेत्रमा पुगेर मद्दत गर्न सक्ने जिल्लाहरु सुर्खेत, सल्यान, बाके, बर्दिया र दाङ लगायतका जिल्लाका प्रशासन कार्यालयसङ्ग समन्वय गरि उद्दार र राहतमा जुट्न सक्ने गरी ब्यवस्था मिलाईएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

 

आजै देखि प्रभावित क्षेत्रमा आवस्यक पर्ने खाधन्न, पिउने पानी, लत्ताकपडा, पाल आदीको व्यवस्थापनको लागि सहयोग गर्न सम्पुर्ण राजनैतिक दल, नागरिक समाज, समाजसेवी, व्यवसायी, सामाजिक संघ, संस्था तथा आम जनसमुदायलाई प्रधानमन्त्रीको सचिवालयले अपिल गरेको छ ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope