बागमती प्रदेश सरकारद्धारा भुकम्प पीडितलाई १ करोड ५० लाख सहयोग


काठमाडौं, १८ कात्तिक । बागमती प्रदेश सरकारले भुकम्प पीडितहरुलाई तत्कालका लागि १ करोड ५० लाख सहयोग दिने भएको छ । 

गए राती जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि बाग्मती प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग दिने भएको हो ।

 

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार जारी विज्ञप्ति अनुसार भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराईएको छ ।

 

विपद्को यस घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकार सँगसँगै रहने जनाउँदै बागमती प्रदेश सरकारले भूकम्पबाट ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकाकुल परिवार र आफन्तजनहरुमा गहिरो समवेदना पनि प्रकट गरेको छ । 

घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत सो प्रदेशले गरेको छ ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope