भुकम्प परी मृत्यु हुनेकाे संख्या १३८ पुग्याे

काठमाडाैं, १८ कार्तिक । भुकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १३८ पुगेकाे छ ।
गए राती जाजरकाेटलाइ केन्द्र बनाएर गएकाे भुकम्प परी हालसम्म १३८ जनाकाे ज्यान गएकाे हाे भने घाइतेकाे संख्या १६६ जना पुगेका छन ।
नेपाल प्रहरीका अनुसार जाजरकाेटमा मात्रै १ सय जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन ।
र, रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन ।
घाइतेहरूकाे स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडाैंमा गरी उपचार भइरहेकाे छ ।
साथै, साे भुकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडाैं ल्याइदैँछ ।
नेपाल प्रहरीका अनुसार साे भुकम्प परी घाइतेहरू मध्ये ७ जनालाई नेपाल एअरलाइन्सवाट उडानद्वारा काठमाडौं ल्याइदै गरिएको हाे
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस