भुकम्प पीडितलाई सुदुरपश्चिम सरकारको १ करोड सहयोग

धनगढी, १८ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
शनिबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार गएराति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरिएको बताए ।
उनका अनुसार प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल रु १ करोड प्रदान गर्ने तथा स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली आजै भुकम्प प्रभावित क्षेत्रमा पठाउनेसमेत निर्णय गरेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस