लुम्बिनी सरकारले पठायो चिकित्सक र औषधीसहितको टोली जाजरकोट


दाङ, १८ कार्तिक । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुममा पठाएको छ । 

जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट पठाएको हो ।

 

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनमा लुम्बिनीवाट चिकित्सक र औषधिसहितको टोली जाजरकोट प्रस्थान गरिसकेकाे मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपालप्रसाद शर्माले बताए ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तत्काल स्वास्थ्यकर्मीको बढी आवश्यक परेको भन्दै सहयोगका लागि आग्रह गरे पछि सो टोली जाजरकोट पठाइएको हो । जसअनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र औषधीसहितको टोली जाजरकोट र रुकुमका लागि प्रस्थान गरेका छन् ।

सो टोलीमा सरकारका प्रतिनिधि, उद्धारका लागि आवश्यक पर्ने सुरक्षाकर्मीसहितको विशेषज्ञ टोली पनि जाजरकोट गएका छन् ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope