गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक


काठमाडौं, २५ कात्तिक । लामो समयदेखि युरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक  तुलसी सिवाकोटीको ‘ चटपटेको ठेला‘ सार्वजनिक भएको छ ।

नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी ।  विगत १२ बर्षदेखि युरोपमा बसोबास गर्दै आएका सिवाकोटी प्राय:जसो विदेशमा हुने हरेक कार्यक्रममा उनको प्रस्तुति रहने गरेको छ ।

नेपाली संगीत बजारमा अलग्गै पहिचान बनाउन सफल गायक सिवाकोटीले नयाँ गीत चटपटेको ठेला सार्बजनिक गरेका हुन् ।

रबिन स्वप्निल गिरीको शब्द रहेको गीतको संगीत/एरेन्जर/मिक्स/मास्टर दिपकराज विश्वकर्माले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमिल रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

निशाल पौडेलको छायाँकन, विकास दाहालको सम्पादन तथा निर्देशन युवराज वाइबाले गरेका हुन् ।

प्रेमी प्रेमिकाबीचको रोमान्टिक दृश्यहरुलाई निर्देशक वाइबाले कलात्मकशैलीमा भिडियोमा देखाएका छन् ।

भिडियोमा सरोज प्रजा र उषा उप्रेतीको अभिनय रहेको छ । जसको कोरियोग्राफी प्रमोद के भण्डारीले  गरेका हुन् । प्रेम र समपर्णलाई आमदर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता गणेश प्रसाईले बताए ।‘

चटपटेको ठेला‘को भिडियो लिंक:  https://youtu.be/FCtRmMDE2l4


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope