वन कर्मचारीकै योजनामा हिरासत छल्न विरामीको बहाना


सिरहा, २७ कात्तिक। काठ तस्करीको आरोपमा पक्राउ परेका सिरहा गोलबजारका व्यसायी हिरासत छल्न विरामीको वाहानामा घर बसेका छन्।

 

वन कर्मचारीकै मिलेमत्तोमा गोलजार नगरपालिका ४ स्थित गौरव सःमिहलका संचालक श्याम साहलाई हिरासत छल्न विरामीको वाहानामा पर्व अवधिभरलाई आफन्तको जिम्मा लगाइएको हो। 

 

गत शनिवार १८ गते ठूलो परीमाणमा प्रतिवन्धित करम जातको करिव दुईसय ५० क्यूविक फिट काठ सहित पक्राउ परेका साहलाई विरामी परेपछि हिजो शनिबार उपचारको लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्याएका थिए। अस्पतालमा पुर्याएका उनलाई थप उपचारको लागि वाहिर लग्नु पर्ने भन्दै रेफर गरेपनि साह अहिले आफ्नै घरमा रहेको स्रोतले जनाएको छ। 

वन कार्यालयले उपचारका लागि साहको आफन्त पर्ने प्रादेशि अस्पतालका ल्याव असिस्टेन्ट कृष्णा गुप्ताको जिम्मा लगाएको डिभिजन वन कार्यालय लहानका वन कर्मचारी तथा यस घटनाका अनुसन्धान अधिकृत देवेन्द्र पासवानले जानकारी दिए।

 

उनले भने, ‘उनी विरामी परेकाले उचारको लागि अस्पताल लगेका थियौं,  अस्पतालका कर्मचारी उनको आफन्तसमेत रहेकाले उनकै जिम्मामा उपचार भईरहेको छ।’

वन कर्मचारीले उपचारमा रहेको भने पनि सःमिल संचालक साह अहिले आफ्नै घरमा रहेको उनका एक आफन्तले बताए। हामीलाई सूचना दिने साहका आफन्तले तत्काल १५ लाख धरौटीमा छुटेको बताए।

साहको कहाँ उपचार भईरहेको छ भन्ने कुरा वन कर्मचारी र जिम्मा लिएका सहलाई समेत जानकारी छैन। वन कर्मचारीले उनका आफन्तलाई उपचारको लागि जिम्मा लगाएको बताए पनि जिम्मा लिएका उनका आफन्त कृष्णा गुप्तालाई सःमिल संचालक कहाँ छन्  भन्ने जानकारी छैन्। 

यता डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित झाले भने उनी विरामी भएका र चाडपर्व पनि भएकाले व्यवहारिक्तालाई ख्याल गरेर तत्काल उनको आफन्तको जिम्मा लागाएर छोडिएको बताए। 

वन कर्मचारीको बाझिएको भनाई र आफन्तले धरौटीमा छोडेको भन्ने विषयले आर्थिक चलखेलको गन्ध प्रस्ट हुन्छ। 

वनकै एक कर्मचारीले अनुसन्धानको काम नै नसकिएकोले अहिले धरौटीमा छाड्ने सवाल नै नभएको बताए। उनले साह विरामी भएकाले उपचारको लागि पठाइएको बताउँदै उनी घरमा रहेछ भन्ने तत्काल हिरासतमा फर्काउने बताए। 

 

साहलाई शनिवार १८ गते उनकै सःमिलबाट प्रतिवन्धित करमजातको काठ सहित पक्राउ गरेको थियो।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope