देवदहमा बस पल्टियो, २० घाइते मध्ये दुइ गम्भिर


बुटवल, १ मंशिर । रुपन्देहीको देवदहमा बस दुर्घटना भएको छ ।

 

गए राती पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदहमा बस दुर्घटनामा परी २० जना घाइते भएका छन् ।

 

सो बस दुर्घटनामा घाइते भएकाहरूलाइ देवदह मेडिकल कलेजमा उपचार गराइराखिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहरप्रसाद भट्टले दिएको जानकारी अनुसार काठमाडौंबाट दाङ जाँदै गरेको बा प्र ०३–००१ नम्बरको बस गए राति पौने १२ बजे देवदह नगरपालिका–८ भलुहीमा पल्टिएको थियो । मध्यरातमा  अचानक बस पल्टिएर भएको दुर्घटनामा परी सो वसमा सवार रहेका २० यात्रु घाइते भएका हुन्। 

 

प्रहरीका अनुसार सो बसमा ३८ जना सवार थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope