दुइ ब्यक्तिकाे एउटै नागरिकता नम्बर भएपछि भुमिहिनले जग्गा पाउनबाट बञ्चित


बिशाल बस्नेत / न्युज कारखाना   

महाेत्तरी, २ मंसिर । नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर दुइवटामा नागरिकता नम्बर नै मिलेको महोत्तरीवाट अनौठो घटना बाहिरिएको छ ।

 

महोत्तरीस्थित बर्दिवास-२ मा पूर्ण भूमिहिनको तथ्यांक संकलन गर्ने क्रममा फरक-फरक दुइ जनाको नागरिकतामा एउटै नम्बर जारी गरेको पाईएको हो ।

 

संयोगले नाम र वुवाको नाम मिले तापनी उनिहरु फरक-फरक ब्यक्ति हुन् । २०८० साल साउन ३ गते इलाका प्रशासन कार्यालय बर्दिवासले बर्दिवास-८ बस्ने दल बहादुर भुजेलको प्रतिलिपी जारी गर्दा उल्लेख गरेको नम्बर र २०४४ सालमा मै जारी गरेको बर्दिवास-२ का दलवहादुर भुजेलको नम्बर एउटै रहेकाे खुलेकाे हाे ।

 

अचम्म त कहाँनिर छ भने उनिहरुको नागरिकता नम्बर ०४९७०२१५ मात्र मिलेको छैन जन्ममिती, बुवाको नाम समेत मिलेको छ । तर, दुवै भुजेलहरुको नागरिकता जारी भने फरक-फरक मितिमा भएको देखिएको छ । अहिले हात्तिलेट बस्ने भुजेलको नागरिकता २०४४ फाल्गुन ६ गते जारी भएको देखिन्छ भने बर्दिवास-२ बस्ने भुजेलको नागरिकता  एकदिन अगाडि अर्थात २०४४ साल फाल्गुन ५ गते जारी भएको देखिएको छ ।

 

बर्दिवास-२ को वडा कार्यालयले पूर्ण भूमिहीनको सुची बनाएर मालपोत कार्यालय पठाउदा मालपोतमा दलबहादुर भुजेलको नाममा १० धुर जग्गा देखिए पछी खोजीको बिषय बनेको थियो । पुस्तौंदेखि जग्गा नै नभएका बर्दिवास-२ का दलबहादुर भुजेलको नाममा कसरी १० धुर जग्गा रहयो ? भन्ने बिषयमा स्थानियहरु आफैले खोजी गरेका थिए । यो विषयमा बुझ्न जनप्रतिनिधि एकबहादुर भुजेल आफै खटिए । नाताले मामा पर्ने पुर्ण भुमहिन रहेका एकबहादुरले मामाको नाममा १० धुर जग्गा रहेको मालपोत कार्यालयले प्रमाण पठाए पछी अचम्ममा परेका थिए । 

 

सुरुमा उनी प्रशासन कार्यालय भन्दा पनि भुजेल बंशमा दलबहादुर भुजेल नाम भएका व्यक्तिहरुको खोजीमा लागे । खोजी कै क्रममा हात्तिलेटबस्ने दलबहादुर भुजेलसगँ मामाको नागरिकताको सवै मिलेपछी अहिले एकबहादुरले घरमा नै पुगेर सो नागरिकता आफ्नो साथमा ल्याएका छ्न ।

 

तर एकबहादुरका मामा पनि हात्तिलेटवाट नै बसाई सरेर बर्दिवास-२ मा आएका थिए । तत्कालिन समयमा नागरिकता जारी गर्दा दुवै भुजेलहरुको ठेगाना पनि हात्तिलेट नै थियो । जारी मितिबाहेक नागरिकतामा सवै मिलेपछी पुर्ण भुमिहिन भनिएका मामालाई नगरपालिकाले वितरण गर्ने भनिएको जग्गामा समेत अफ्ठ्यारो स्थिती सिर्जना भएको छ ।

 

अझ हात्तिलेट बस्ने दलबहादुर भुजेलले त मुक्तिनाथ विकास वैकंवाट कर्जा समेत लिएको बुझिएको छ। एउटै नागरिकता लिएर दुई फरक-फरक ब्यक्तिहरुले अहिलेसम्म गरेका सरकारी कामहरुमा समेत प्रश्न चिन्ह खडा भएको छ ।

 

नागरिकतामा दुई व्यक्तिहरुको एउटै नागरिकता नम्बर कसरी आयो भन्ने बिषयमा आफुलाई पनि अचम्म लागेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल बताए ।

`दुवै नागरिकता २०४४ सालमा टोलीवाट बनाएको देखिएको छ,´ प्रमुख जिल्ला अधिकारी गेलालले भने, `हामी उक्त त्रुटिको बिषयमा खोजी गर्नेछौ ।´ दुवै भुजेलको नागरिकता तत्कालिन टोली प्रमुख बालचन्द्र खनालले जारी गरेको देखिएको छ ।

 

यो दुवै नागरिकताको विषय नटुंगेसम्म पुर्ण भुमिहिन भनिएका भुजेलले जग्गा समेत नपाउने भएका छन् । `कानुनीरुपमा उनकाे नाममा जग्गा देखिए पछि वडाले पनि उनकाे हितमा केही गर्न सक्दैन,´ वडा कार्यालयका कम्प्युटर अपरेटर विनोद पौडेलले भन, `हामी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई चिठी पनि पठाउदै छौ ।´
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope