त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने पहेंलो धातुसहित एकजना पक्राउ
काठमाडौं, ५ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेलो धातु करिब २७२.३७ ग्रामसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ घर भएका ३९ वर्षीय राम सुन्दर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त गेटमा जाँच गर्ने क्रममा ३ थान बेरूवा औंठीको रूपमा ल्याएको ५४.९७ ग्राम र पेन्टीभित्र फल्स बटमा बनाई प्लाष्टिकले बेरेको ल्याएको सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब २१७.४० ग्रामसहित उनलाई पक्राउ गरेको हो । बरामद सुनसहित उनलाई भंसार कार्यालय सिनामंगल बुझाइने छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस