Cover: A collection of Shakespeare's stories
$15.00
Available at Online Retailers:
Translation Nepali Edition

A collection of Shakespeare's stories

Translated into Nepali

A collection of Shakespeare's stories: The book is a translated-into-Nepali-collection of Shakespeare's stories, originally in English edited by Charles Lamb and Mary Lamb. Translated stories are: The Tempest, A Midsummer Night's dream, The Winter's Tale, Much Ado About Nothing, As You Like It, The Merchant of Venice, Macbeth…

Critical Praise & Endorsements

"तुलसीले अनुवादका माध्यमबाट संस्कृतिको त्यो सञ्चरण हुने प्रक्रियालाई सुन्दर किसिमले अगाडि ल्याएका छन् । शेक्सपियरको एउटा युगलाई हाम्रो समाजमा राखेका छन् । तुलसीको अनुवादले संस्कृतिको सामाजिक विरासतलाई भाषाका माध्यमबाट सम्प्रेषण गर्ने काम गरेको छ । विचारलाई मर्न नदिइकन उनले त्यो गरेका छन् । यो संस्कृतिको एउटा महौवपूर्ण पक्ष हो । तुलसीले संस्कृतिको महौव कत्तिको हुन्छ बुझेका छन् र उनले अनुवादबाट नेपाली भाषामा साँस्कृतिक सम्बन्ध स्थापित गरेका छन् । अहिलेको सभ्य र भूमण्डलीकरणको यस युगमा संस्कृतिले धेरै ठूलो महौव राख्छ । साँस्कृतिक सम्बन्ध विस्तारका लागि अनुवादले त्यत्तिकै ठूलो महौव राख्छ । यस कुरालाई प्रस्तुत कथाहरूले प्रष्टसँग झल्काएका छन् । एक ठाउँको समाज, संस्कृति र सभ्यतालाई अर्को ठाउँमा पुऱ्याउनु र एक भाषाको विचार, व्यवहार र प्रणालीलाई अर्को भाषामा ल्याउनु र त्यो पनि साहित्यिक माध्यमबाट ल्याउनु सजिलो कुरा होइन । तुलसीले त्यसलाई कलाका साथ सहज बनाएका छन् । तुलसीले प्रस्तुत कथाहरूमार्फत आफूलाई साहित्यिक र साँस्कृतिक राजदूतका रूपमा नेपाली साहित्यमा उभ्याएका छन् । अङ्ग्रेजीका धनी संस्कृति, साहित्य र समाजलाई नेपाली भाषामा भिऴयाएका छन् । बेग्लै स्वाद, बेग्लै शब्दमा भिऴयाएका छन् । फरक समाजलाई फरक आँखामा ल्याएर राखेका छन् । नयाँ गरेर राखेका छन् । सन्देश पुऱ्याउने गरेर राखेका छन् । यो रखाइले पात्रहरूले गम्भीर परिचय दिएका कारण संसारका यी कथाहरूको उपस्थिति बाँकी छ ।"

— गोपाल पराजुली, कोटेश्वर, काठमाडौं, मदन पुरस्कार प्राप्त साहित्यकार

"विश्व नाट्य साहित्यमा विलियम शेक्सपियरको भूमिकाबारे सबैलाई थाहै छ । उनका नाटकहरू केही विशेष आख्यान, खास गरेर पुनर्जागरणकालीन युरोपमा प्रचलित कथाहरूमा आधारित थिए । तिनै कथाहरूलाई अनुवादमार्फत नेपाली पाठकहरू समक्ष ल्याइदिएर तुलसीप्रसाद आचार्यले एउटा महौवपूर्ण साँस्कृतिक योगदान दिएका छन् । अनुवाद विधामा पहिलोपटक कलम चलाएका भए पनि तुलसीको शैलीमा खास खोट लगाउने स्थिति छैन । उनले कथाको शाब्दिक अनुवाद मात्र नगरेर तिनको भावनात्मक परिवेशको समेत सटिक अनुवाद गरेका छन् । अनुवाद विधा समसामयिक नेपाली साहित्यको अत्यन्त महौवपूर्ण विधा हो । भविष्यमा पनि यस विधामा तुलसीको कलम लगातार चलिरहोस् भन्ने कामना गर्दछु ।"

— डा. सञ्जीव उप्रेती, लेखक, प्राध्यापक अङ्ग्रेजी साहित्य

Other Works by Dr. Tulasi Acharya