तपोबनमा उ

उ छैटौँ दिनपनि ओशो तपोवनभित्रै ध्यानमै मग्न थियो । सुन्दर युवतीहरु पनि उसैगरी कोही आश्रमभित्र, कोही बाहिर, प्रकृतिका डिलमा ध्यान गरिरहेका हुन्थे एक्लै । उ आश्रमबाहिर निक्लिएर एक्लै एउटा बृक्षको आडमा बसेर, सानो बग्दै गरेको कुलोतिर फर्केर ध्यान गर्न लाग्यो ।
“प्रेम भन्दा ठूलो न ध्यान हो न केही नै हो”अनामिका उसको ध्यानमा आइन र उसलाई भनिन् । “प्रेम आफैमा ध्यान हो, उ उसको ध्यानभित्रै अनामिकासँग गफ गर्न लाग्यो ।
“जतिबेला म तिमिसँग हुन्थे, तिमिसँग बोल्थे मेरो देह र आत्मामा प्रकृतिको संगित सुन्थे, चराचुरुङ्घीको चिरविर सुन्थे, मयुरको ताण्डव देख्थे, कोपिलाहरु फूल बनि फक्रिन थाल्थे, पानी परेर आकास खुल्ला हुन्थ्यो, मैलो हट्थ्यो , शरिरमा प्रेमको उर्जा भरिएर आउथ्यो, जीवनमा बसन्त आएर रँगिन हुन्थ्यो , सुवासमय हुन्थ्यो, सायद त्यो महशुस न मलाई कुनै ध्यानले दिन सक्थ्यो न तिमिसँगको शारिरिक सहवासले नै । मैले कहिल्यै कल्पना पनि गर्न सक्दिनथे अझै सकिरहेको छैन कि मेरो तिमिसँगको प्रेम तिमिले गरेको ध्यान भन्दा कसरी ठूलो हुन्छ”?
“तिम्रो भनाइको तात्पर्य के हो ?” उसले सोध्यो । उ ध्यानमै थियो ।
“मलाई लाग्दैन कि मैले तिमिलाई यो कुरा फेरी स्पष्ट बनाइराख्न पर्छ”अनामिकाले भनिन् । “मैले तिमिलाई गरेको प्रेम पनि एउटा ध्यान नै थियो भलै वगरमा गएर बालुवा उठाएर सतीदेवीले महादेवका लागि गरेजस्तो थिएन होला”।
“मलाई थाहा छ अनामिका”।
“उसोभए तिमिलाई यो तपोवनमा आएर ध्यान गर्नु किन आवाश्यक थियो?”
“शान्तिका लागि, मेरो आफनै पिस अफ माइण्डको लागि हो, अनामिका”।
“के मैले तिमिलाई दिएको मायाले तिमिलाई पिस अफ माइण्ड दिन सकेन”? ।
“मैले त्यसो भन्न खोजेको हैन” उसले भन्यो ।
“उसो भए के त”? उनले भनिन् ।
“मैले जीवनको सबै अँगहरुलाई कसैको चेतना र प्रभावमा नपरी मेरो देह र आत्मालाई एकचित्त बनाएर, जीवनका सारा बोझहरु फुकाएर प्रकृतिको आडमा ध्यान गर्न आएको जसले मलाई मेरो जीवन र मेरो प्रेम बुझने सामथ्र्य मिलोस” उसले भन्यो । उसको ध्यान जारी थियो ।
“जतिबेला म तिमीसँग हुन्थे, तिमिसँग बोल्थे मेरो देह र आत्मामा प्रकृतिको संगित सुन्थे, चराचुरुङ्घीको चिरविर सुन्थे, मयुरको ताण्डव देख्थे, कोपिलाहरु फूल बनि फक्रिन थाल्थे, पानी परेर आकास खुल्ला हुन्थ्यो, मैलो हट्थ्यो , शरिरमा प्रेमको उर्जा भरिएर आउथ्यो, जीवनमा बसन्त आएर रँगिन हुन्थ्यो , सुवासमय हुन्थ्यो, सायद त्यो महशुस न मलाई कुनै ध्यानले दिन सक्थ्यो न तिमिसँगको शारिरिक सहवासले नै । मैले कहिल्यै कल्पना पनि गर्न सक्दिनथे अझै सकिरहेको छैन कि मेरो तिमिसँगको प्रेम तिमिले गरेको ध्यान भन्दा कसरी ठूलो हुन्छ”? उसले भन्यो |
अनामिकाका आँखाबाट आँशुका मुल फुटे । “मेरो असहमति पटक्कै हैन तिम्रो भावसँग । जव म तिमिसँग साथमा थिइन, तब मेरो तिमिप्रतिको प्रेम पनि एउटा ध्यान थियो, तिमिलाई सम्झिदैमा आँखाभरी सपनाहरु उठेर आउँथे , शरिरमा पँखेटा लागेर आउँथे , फूलका वृक्षहरुको वृष्टि हुन्थ्यो धर्तीमा, म मेरो छातीभित्र तिम्रो मुटुको आवाज सुन्थे” (To be continued…)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस