परदेशी माटोमा मनको इलाज


मेरो कतारमा अर्को दिन शुरु हुन्छ , म हेर्छु सुर्यको किरणहरु मेरो नेपाल घरको छानो हुँदै यतै आउदैछन, म चैं अँध्यारोमै काममा निस्किसके र अहिले पर्खिरहेछु आफ्नै घर अांगन चुम्दै अाउदै गरेका सुनाैला न्यानो किरणहरुलाई। लाग्छ त्यहाँको सबै जाडो संगै लिएर अाअोस ताकि सानानानीहरुको जाडो बाख्राको पाठाले खानु नपरोस। स्कुल जाने फर्कने समयको झरी पनि यतै परोस् ताकि यहाँको फुपट्ट बगरहरुले पनि हरियाली उमार्न सकोस् । नानी बाबुहरुले रुज्नु नपरोस्।

परदेशी कलम


पदमप्रसाद भट्टराई, हाल कतार

अहिले बाताबरण चिसो छ यहाँ पनि, खासै फरकपना छैन, मात्रा धेरथोर हो। यद्दपि चिसोमा पनि अाफ्नोपना भेटिन्न , तातोमा त झनै भेटिन्न। मनमनै गम्छु “चिसो र तातोको एउटा बेग्लै संयोजन त रहेछ नि यो प्रकृतिको चक्र। यही चिसोतातो भित्र अट्ने र यसैलाई पराजित गर्न डटने क्रममा चिसोलाई तातो र तातोलाई चिसोमा परिवर्तन गर्ने काममा पुरै जिन्दगी खर्च गर्न तयार छ मान्छे। माैसमको चिसो त रुइ, फुइ र दुईले ठीक होला तर मान्छेको मनको चिसोपनाको इलाज हुन मुस्किल छ। चराचर जगतको भलो, बिश्व बन्धुत्वको भावना, भातृत्व प्रेम, मातृत्व सम्मान जस्ता अाधारभूत अाैषधिहरु मान्छेले ग्रहण गर्न छोडिसकेका छन् ।” मैले के गमे भनेर फेरी सोच्दछु र स्वयं बुझ्दिन यो परदेशी माटोमा म के कुरा खेलाईरहेछु ।

भनिन्छ, रेमिटान्सले मुलुकको अर्थतन्त्र धान्दो रहेछ तर मुलुकले खुद यो कुरा मान्दो रहेनछ। पर्देशी भूमिमा धेरै नेपालीहरुका धेरै पीडाहरुको त्यहाँ कुनै दुखाइ नहुँदो रैछ, महसुुस नहुँदो रैछ। काम गरेबापतको पैसा नपाउनेहरुको समस्यामा, उचित खानापिनाको अभावको बिषयमा र श्रमिकले पाउने अाधारभूत सुबिधाहरुका सवालमा राज्य अनि सम्बन्धित निकायहरुको माैनताले अर्थपूर्ण भूमिका नखेलेको अाभास हुन्छ। यदपि धेरै सम्बन्धित निकायहरु यस्तै कामका लागि खडा भएका छन् , राज्यको धेरै रकम खर्च गरिएको छ । फेरी पनि समस्याहरु ज्युँ का त्युँ छन्। एकातिर सर्वसुलभ रुपमा युवाशक्तिलाई खाडीमा निर्यात गर्ने भन्ने अर्कोतिर बेरोजगार युवालाई भत्ता दिने अनि खाडीतिर अब जानुपर्देन भन्ने अन्तरबिरोधको वीचमा समृद्धिको सपना देख्ने र देखाउनेहरुको निन्द्रा तोडन ढिला भईसकेको छ।

सुन्दर सपनाहरु र सुखद भबिस्यका निम्ति बिरानो भूमिमा जोतिन बाध्य नेपालीहरुको मुख्य चाहना ” समृद्ध मुलुक र सुखी नेपाली” नै हो जसलाई नारा बनाएर सरकारले गीत गाईरहेछ। भुकम्प पिडितको लागि अावास, मुसहर बस्ती, धरहरा पुननिर्माण, क्रिकेट रंगशाला निर्माण जस्ता राष्ट्रिय स्तरका अनि अाफ्नै गाउँ ठाउँका अनेकौं भाैतिक निर्माण, पुराण महापुराणहरुमा सहयोग गर्ने राष्ट्रिय तथा सामाजिक उत्तरदायित्व निर्वाह बिदेशमा बस्ने नेपालीहरुले गर्दै अाएका छन जसको सही मुल्यांकन र सम्बोधन राज्य पक्षबाट हुन सकेको छैन। राज्य संचालन गर्नेहरुका लागि बिदेिशएका युवाहरु त केवल घाँडो पन्छाएको झैं भएको छ।
सुर्यका किरण धेरै माथि आईसकेका छन् । मैले काम गर्ने ठाउमा सुरु हुन्छ दैनिकी र त्यतैतिर लाग्छु छोरी र श्रीमतीको सपना साथमा लिएर परदेशी माटोमा मनको इलाज गर्दै ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope