कोरोना भाईरसका समाचार: भाईरस भन्दा हल्ला खतरनाक


फागुन २६, २०७६, सोमबार (March 9, 2020)

नयाँ पत्रिकाले ‘अस्ट्रेलियामा नेपाली युवालाई कोरोना पोजेटिभ’ भन्दै समाचार लेखेको छ । नयाँ पत्रिका लेख्छ, “नेपालबाट सिंगापुर टान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ ।”
कान्तिपुर दैनिक लेख्छ कोरोना भाइरसकै बिषयलाई लिएर ‘कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।’
नागरिक दैनिकले आजको पृष्टमा कोरोना भाइरसको बिषयलाई त्यति महत्व दिएको पाईएको छैन ।
गोरखापत्रले भने ‘सरकारको प्राथमिकता कोरोनालाई प्रवेश निषेध !’ भनेर समाचार छापेको छ ।
यसरि हेर्दा अझै पनि कोरोना भाईरसले महत्वपुर्ण चर्चा पाईरहेको देखिन्छ जसले गर्दा जनमानसमा यसको नकारात्मक असर पर्ने हो कि भन्ने डर पनि त्यतिकै छ ।
हाम्रो समयसमाचारको टिमले अध्यन गर्दा त्यति धेरै आत्तिनु र डराउनु पर्ने त्यस्तो केहि छैन तर सतर्कता भने अपनाउनु राम्रो हुनेछ भन्ने कुरामा जोड दिन्छ । विभिन्न समाचार तथा अनलाईन मिडिया तथा सोसल मिडियामा लेखेका स्ट्याटसबाट पनि त्यस्तो आत्तिनु पर्ने केहि देखिन्न । संचार तथा पत्रकारिताका बिद्यार्थी तथा सिक्षक तथा पत्रकारिता क्षेत्रका बिज्ञ भानुभक्त आचार्यले आफ्नो फेसबुक पेजमा उनको अनुभब यसरि साट्छन :

‘कोरोना भाइरसभन्दा हल्ला बढी खतरनाक तीन हप्ताको नेपाल बसाइका क्रममा “नेपालमा कोरोना भाइरसको हल्लै बढी” भन्ने अनुभव भो । एअरपोर्ट, अन्य स्थलगत नाकाहरु र शंकास्पद रोगीहरुको अवस्था पहिचान गर्न विभिन्न प्रयासहरु हुनु स्वाभाविक हो । तर स्कुल, कलेज, विभिन्न निजी तथा सरकारी कार्यालय आदिमा कोरोना भाइरस चेक भन्दै ज्वरो नापेका फोटोहरु सामाजिक सञ्जालमा छरपस्ट पार्दा जनमानसमा त्रास र व्यापारमा कालोबजारी बढेको पाइयो । विभिन्न समाचारमा उल्लेख गरेजस्तो विदेश जाने व्यक्तिहरुलाई काठमाडौंमा अनिवार्य कोरोना भाइरसको जाँच गर्न थालेको भन्ने कुरा आफूले थाहा पाइएन । विदेशमा पनि ट्रान्जिटैपिच्छे कोरोना भाइरसको जाँच हुन्छ भन्ने कुरा पनि हल्लै मात्रै हो । काठमाडौंबाट मस्कट, लण्डन हुँदै ओटावा एअरपोर्टमा आउँदा “कोरोना भाइरसको लक्षण देखिएको छ भने त्यो इमिग्रेसनमा अनिवार्य जानकारी गराउनु नत्र त्यो दण्डनीय हुन्छ” भनेको बाहेक कसैलाई अनिवार्य जाँच गरेको देखिएन । बालबालिकालाई यो रोगले अझसम्म आक्रमण गरेको थाहा छैन । पहिल्यै विरामी भएका र ७० वर्ष माथिका वृद्धहरुलाई यो मूल समस्या हो । रोगको संक्रमण भएकाहरुमध्ये एक प्रतिशतको मात्रै मृत्यु भएको छ । योभन्दा डरलाग्दा रोगहरुसँग हामी लडिरहेकै छौं । रोगका लक्षणहरु देखिएका व्यक्ति स्वयम् स्वास्थ्यसंस्थामा जाँच गर्न जाने र त्यस्तो जाँच निःशुल्क गरिदिने हो भने यो समस्या ठूलो होइन । तसर्थ हल्ला र दुष्प्रचार बन्द गरौं । कोरोना भाइरसभन्दा कोरोना भाइरसको हल्ला बढी खतरनाक हुनेरहेछ ।”

खास गरि कोरोना भाइरसले सताउने, बिरामी पार्ने र मृत्य गराउने भनेको त्यस्ता व्यक्तिहरुलाई रहेछ जो रोगि र उमेरले बुढो छ र जसको सारीरिक रोगसंग लड्न सक्ने क्षमता कम छ । त्यहि भएर साबधानी अपनायौ भने रोगसंग सजिलै लड्न सकिन्छ,आत्तिनु पर्दैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope