बिचार: कोरोना भाइरसले एकैचोटि हामी सबैलाई सखाप त पार्ने होईन?

‘यो कोरोना भाईरस साधारण रुघाखोकी जस्तै मात्र हो आत्तिनु पर्दैन’ भन्नु मनलाई शान्त पार्ने मेलो मात्रै हो र ‘यो रोगले सखापै पार्छ’ भन्नु चाहिने भन्दा बढि आत्तिनु हो । तर के चै हो भने यदि यसलाई ‘सिरियसली’ लिएन भने भोलि हामि सबैलाई यौटै खाल्डामा पुर्याउन सक्छ यो भाईरसले र त्यतिबेला ढिला भैसकेको हुन्छ यसको बारेमा सोच्न । स्वस्थको बारेमा अतिनै सचेत रहने बिकसित मुलुकका नागरिकहरुमा समेत यो भाईरसले छोडेन । ब्रिटिश स्वास्थ्य मन्त्रीमा समेत कोरोना भाईरस देखियो । हाम्रो देश नेपाल जहाँ हरेक क्षेत्रमा तयारीनै ढिलो गरिन्छ, चेतनाको स्थर न्युन छ , जहाँ प्रबिधि त्यति ‘एड्भान्स’ छैन, त्यहाँ कोरोना भाईरसले संक्रमित देखिएको छैन भन्दा मलाई संका लाग्छ । कतै एकै चोटि ह्वात्तै सबै नेपालीमा त देखिने होईन? फेरी हाम्रो नेपालि समाज भेला, भोज-भतेर, बिबाह, ब्रतमन जस्ता ठाउँमा बाक्लो उपस्थिति जनाउछ र यो समय भनेको बिबाह, ब्रतमन र पार्टी भैरहने समय पनि हो । यस्ता ठाँउहरुबाट भाईरस सर्ने त्यतिनै सम्भावना हुन्छ ।
अमेरिकाका केहि बिद्यालय र बिस्वबिधालयहरुमा समेत अब विधार्थीलाई कक्षा कोठामा गएर पढाउने कि नपढाउने भन्ने बहस हुनथालिसक्यो । र टाढै रहेर अनलाईन कक्षाहरु पढ्ने र पढाउने तालिम हरेकले लिनु अनिवार्य हुने छलफल र यसको कार्यन्वयन हुन थालिसक्यो (धन्न संयोगबस मैले त्यो तालिम पहिल्यै लिएको थिए र अहिले नेपालमा बसेरै अमेरिकामा क्लास लिइरहेको छु केहि समयका लागि )। भविष्यलाई हेरेर ‘जस्ट इन केस’ भन्दै अगाडीनै सावधान हुने मुलकमा समेत यो भाइरसले छोडेको छैन। कति बिस्वबिधालयमा त बिधार्थिले यो भाइरसको टुंगो नलागुन्जेल क्लासनै बहिस्कार गर्न थालिसके । हरेक कक्षामा भाइरसको बारेमा सुचना सम्प्रेषण र तालिम हुन थालिसके । अनलाईन कोर्ष नै राखेर ज्ञान दिन थालिसके । हाम्रा देशका बिधालयहरुमा के हुँदैछ? हाम्रो नेपालमा के, कस्तो तयारि छ अनिश्चत भबिस्यको बारेमा? यो कोरोना भाइरसको बारेमा?
विस्वका बिकसित मुलुकहरुमा कोरोना भाइरसले सताइरहदा, त्यहि चीनको छिमेकी देश हामीलाई कोरोना भाइरस लागेको छैन भनेर ढुक्क हुनसक्ने स्थीति छैन। हामीलाई एकैचोटि यो भाइरस लाग्यो भने भर्ना हुनलाई पर्याप्त ठाउँ छ कि छैन, पर्याप्त आई सी यु छ कि छैन? पर्याप्त डाक्टरहरु छन् कि छैनन् ? प्रयाप्त सुविधाहरु छ कि छैन? हामी बेलैमा सचेत हौ । हामी सचेत भने हुनै पर्छ । साबुन पानीले हात धुन नछोडौ । नमस्कार नै गरिरहौ। भोजभतेर पार्टि, भेलामा त्यति नझुमौ।
लेखक: तुलसी आचार्य
(यी नितान्त रुपमा लेखकका बिचार हुन् ।)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस