पोखरा, चैत ९ गते । पोखरामा खाना पकाउने(एलपी) ग्याँसको अभाव नभएको एलपी ग्याँस विक्रेता संघ कास्कीका अध्यक्ष बालकुष्ण कोइरालाले बताउनु भएको छ ।
पोखरा महानगर उपभोक्ता हित संरक्षण समितिको आइतबार भएको बैठकमा बोल्दै उहाँले पोखरामा नियमित ग्याँस आपुर्ती भइरहेको बताउदै उपभोक्ताले आवश्यकता भन्दा बढि ग्याँस सिलिण्डर सञ्चय गरेका कारण समस्या देखिएको बताउनुभयो । पोखरामा विभिन्न १७ वटा कम्पनीको ग्याँस बिक्री हुने गरेका छन् । नियमित ग्याँस आयात भइरहेको छ अध्यक्ष कोइरालाले भन्नुभयो, ‘ एउटै परिवारले दुई देखि पाँच वटा सम्म सिलिण्डर सञ्चय गरेका कारण बजारमा ग्याँसको अभाव सृजना भएको छ । तर आयात नियमित छ ।’
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com