गाैरीफन्टा नाकामा तनाव, सीमामा रोकिएकाहरु प्रहरीलाई ढुंगा हान्दै नेपाल छिरे: थाहा खबर


काठमाडौं : लकडाउन चलिरहेका बेला सुदूरपश्‍चिमको प्रमुख नाका गौरीफान्टामा प्रहरी र सीमामा रोकिएका युवाबीच झडप भएको छ। सरकारले देशभरका सीमा सिल गरेपनि घर फर्किन चाहेका नेपाली सीमामा रोकिएपछि तनाव भएको हो। आवगमनमा रोक लगाएको अवस्थामा गौरीफन्टा नाकामा भारतबाट आएका सयौंको संख्यामा नेपालीसहितले सुरक्षा घेरा तोड्न खोज्दा तनाव भएको हो। सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि ढुंगासमेत बर्साउँदै केही युवाहरु नेपालतर्फ छिरेका छन्।  सरकारले लक डाउन गरेपछि आज बिहान गौरीफन्टा नाका हुदै घर फर्किन लागेका नेपालीहरुलाई रोक लगाउँदा नेपाल प्रहरी र नेपाल फर्कन लागेका नेपालीबीच झडप भएको हो। भिड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्याससमेत हान्नुपरेको छ।  मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरलाई रोक्ने प्रयास गरिरहेको छ। यद्यपी कतिपय नेपालीहरु भने भागेर नेपाल प्रवेश गरिसकेका छन्।
संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमती दिने निर्णय गरेपनि आज विहानैदेखि लकडाउन गरिएपछि सीमामा पुगेका नेपालीहरुलाई प्रवेशमा रोक लगाईएको थियो।  दशगजा क्षेत्रबाट नेपाली भूमि आउन लागेका उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोकेर राखेको थियो। कतिपय नेपालीले सुरक्षा घेरा तोडेर नेपाल प्रवेश गरिसकेका छन्। उनीहरुले स्वास्थ्य परीक्षणसमेत नगराइ नेपालतर्फ छिरेका हुन्।   नेपाल प्रवेश गर्न खोज्ने र सुरक्षाकर्मीबीच झडपको अवस्था सिर्जना भएको छ। प्रहरी र सुरक्षाकर्मीबीचको धरपकड भएकाले अवस्था सामान्यभन्दा बाहिर जान लागेको छ।  लकडाउनपछि मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेका छन्। संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमति दिने निर्णय गरेको थियो। तर मंगलबार बिहानैदेखि लकडाउन गरिएपछि सीमामा आइपुगेका नेपालीलाई त्यहीँ रोकिएको थियो।

Source: http://www.thahakhabar.com/news/94221
Read more at: http://www.thahakhabar.com/news/94221


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope