पोखरा, १०चैत । यशुले कोरोना ठिक बनाउने भन्दै भ्रम फैलाउने पास्टरलाई प्रहरीले समातेको छ . कास्की प्रहरीले पास्टर केशवराज आचार्यलाई पक्राउ गरेको हो ।

आचार्यले येशुमा लागे कोरोना भाइरस फैलिदैन र अनाहकमा ज्यान गुमाउन पर्देन भन्दै प्रवचन दिएको भेटिएको थियो । उनले यसअघि पनि आफुले फुकेरै पायल्स निको पार्ने दावि गर्दे आएका थिए ।
सरकारले संकटको बेलामा जनतामा भ्रम र त्रास फैलाउनेलाई नियन्त्रणमा लिई कारवाही अघि बढाइरहेको छ । यसअघि पनि पृथ्वी समाप्त हुदैछ भनी जनतामा डर र त्रास फैलाउने ज्योतिष अर्जुन कार्कीलाई पनि नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.