अन्नपूर्ण गाउँपालिकाका ७ स्थानमा क्वारेन्टाईन


श्रीभद्र पौडेल
अन्नपूर्ण(कास्की) चैत १३।
अन्नपूर्ण गाउँपालिकाले पालिका क्षेत्र भित्रका कुल ७ स्थानमा क्वारेन्टाईन स्थापना गरेको छ ।
कोरोना भाइसर(कोभिड १९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै गाउँपालिकाले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले, हिमालयन देउराली रिर्सोट सिम्पाली, माछापुच्छे मावि ढिकुरपोखरी, प्रगतिशील मावि सल्यान, संगम मावि लुम्ले, दाङसिङको विरेठाँटी मावि र घान्द्रुकको मेश्रमबराह माविमा क्वारेन्टाईन स्थापना गरेको हो।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा ५० बेडको, हिमालयन देउराली रिर्सोटमा ३० तथा विद्यालयहरुमा समान २५ वेडका गरी कुल दुई सय ५ वेडमा क्वारेन्टाईन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिए ।
सर्वप्रथम निजी घरमा नै होम क्वारेन्टाईनमा राख्ने तथा घरमा राख्न सक्ने अवस्था नभएका तथा शंकास्पद सक्रमितलाई तोकिएका स्थानमा जुनसुकै समयमा पनि राख्न सक्ने गरी तयारी भएको जनाएको छ।
सक्रमण फैलिएयता कुल १७ जना मानिस विदेशबाट गाउँपालिका आएकोमा उनीहरु यतिवेला होम क्वारेन्टाईनमा छन्।गाउँपालिका अध्यक्ष युवराज कुँवरले विदेशबाट आएका तथा सक्रमित भेटिएमा तुरुन्तै खवर गर्न पनि आग्रह गरेका छन्।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope