गण्डकी प्रदेशमा दुई मृत्यु घटना

आज १०:३० बिहानको समयमा कास्की माछापुच्छ्रे गाउँपालिका-९ चित्रे स्वारा ठाडोखोला छेउमा अन्दाजी बर्ष ६० को हालसम्म नाम,थर , वतन नखुलेको पुरुष ब्यक्ती मृत अवस्था रहेको फेला परेको छ। घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
त्यसै गरि आजै अन्दाजी १२:४५ दिउसोको समयमा जिल्ला लमजुङ क्वहोलासोथार गाउँपालिका वडा न. १ रोचा स्थित बाख्रेजगत बस्ने बर्ष १० को समिर तामाङको मृत्यु भएको छ। उनको मामाघर गएको अवस्थामा रुखमा घासँ काट्ने क्रममा अचानक रुखबाट लड्न गई, उपचारको लागि जिल्ला सामुदायिक अस्पताल लमजुङ एम्बुलेन्समा लादा लादै मृत्यु भएको हो। घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
घटनाको बारेमा प्रहरी उपनिरीक्षिकले बताएका हुन।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस