कोरोनाको आंशकामा आइसोलेनमा रहेका एकको मृत्यु


कोरोना भाइरसको आंशकामा आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामना नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय युवाको आइतबार मृत्यु भएको हो । 

उनी हालै वैदेशिक रोगजारीपछि संयुक्त अरब इमिरेट्सको दुबईबाट फर्किएका  थिए भने शुक्रबार उनलाई बुटवलको कोराना अस्पतालको  आईसोलेनमा राखिएको थियो । 

उनको स्वाव परीक्षणका लागि काठमाडौ पठाइएको तर रिपोर्ट आइनसकेको अस्पतालले जनाएको छ । 

काठमाडौंबाट रिपोर्ट आएपछि उनको कोरोना भाइरसका कारणले मृत्‍यु भएको हो वा होइन भन्ने बारे खुल्ने अस्पतालले जनाएको छ । (साभार: रातो पाटी)

देश सञ्चार लेख्छ:

कोरोना भाइरस (कोभिड–१९)को संक्रण भएको आशंकामा कोरोना विशेष अस्पताल बुटबलमा भर्ना भएका एक जना युवकको आइतबार बिहान मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार उनी बिहीबार अस्पताल भर्ना भएका थिए।

चैत ८ गते दुबईबाट नेपाल आएका उनको ‘थ्रोट स्वाब’को नमूना परीक्षाका लागि आइतबार बिहान मात्रै काठमाडौँ पठाइएको छ। उनको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको केहीबेरमै उनको मृत्यु भएको हो।

रुपन्देही सैनामैना नगरपालिकाका ती युवक दुबईमा ट्याक्सी चलाउँथे।

ज्वरो,  श्वासप्रश्वासमा समस्या, घाँटी दुख्नेलगायत समस्या देखिएपछि उनी बिहीबार अस्पताल भर्ना भएका थिए। यद्यपि अस्पतालले चार दिनपछिमात्र उनको नमूना परीक्षणका लागि टेकु पठाएको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope