लकडाउन अझै लम्बिने

सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । “तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका लागि मानिसहरु घर बाहिर ठूलो संख्यामा ननिस्कुन् भनेर होम डेलिभरीको संयन्त्र खडा गर्ने र टोलटोलमा आपूर्ति गर्ने योजना छ ।” अनलाईन खबर लेख्छ ।
अहिले उच्चस्तरीय समितिको बैठकलगत्तै मन्त्रिपरिषदको बैठक बसेको छ । कोरोना प्रभावितलाई विशेष राहत घोषणा गर्ने सरकारको तयारी हुँदैछ भने, लकडाउनबारे पनि घनिभूत छलफल हुँदैछ ।
“बैठकमा विभिन्न उपसमितिमार्फत सरकारले कोरोना संक्रमणविरुद्ध गरेका कामकारवाहीबारे विश्लेषण गर्नुका साथै थप निर्णयहरु लिनेछ । ‘आजको बैठकमा खासगरी कोरोनाविरुद्धका अभियान कसरी प्रभावकारी बनाउने र प्रभावितहरुलाई राहत कसरी प्रदान गर्ने भन्नेमा केन्द्रीत हुन्छ’, ‘क्वारेन्टाइन निर्माण उपसमितिका संयोजक समेत रहेका भट्टराईले भने, आर्थिक प्याकेजबारे अर्थमन्त्रालयले तयार पारेका योजनामा केन्द्रीत रहेर छलफलपछि निर्णय गरिन्छ ।” रातो पाटी लेख्छ ।
“एक मन्त्रीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले दैनिक ज्यालादारीबाट जिविको पार्जन गर्ने मजदुर, उद्योगी व्यवसायीका लागि प्याकेजको घोषणा गर्नेछ।” देश संचार लेख्छ ।
बैठकमा ब्याङ्कको ब्याज दर छुट देखि गरिबलाई कसरि राहत बितरण गर्ने देखि खाध्न्यको अभाब हुन नदिन र लकडाउनमा घरै बसेर उपभोग्य बस्तुको उपलब्द कसरि गराउने भन्ने बारेमा पनि छलफल हुँदैछ भनेर विभिन्न अनलाइन माध्यम र स्रोतहरुले बताएका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस