१७ अनलाइन प्रेस काउन्सिलद्वारा बन्द


विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) बारे अफवाह फैलाउने गरी समाचार प्रकाशन गर्ने विभिन्न १६ वटा अनलाइनलाई प्रेस काउन्सिल नेपालले बन्द गराएको छ।

सञ्चारमाध्यमहरुको आचार संहिताबारे अनुगमन गर्ने निकाय प्रेस काउन्सिलले व्यवसायिक धर्मविपरीत झुठा समाचार प्रकाशन गरी नागरिकमाथि भ्रम सिर्जना गर्ने अरु ३६ वटा अनलाइनसँग स्पष्टिकरणसमेत सोधेको छ।

पटकपटक स्पष्टिकरण सोध्दा पनि पुष्टि नै नभएका र समाजलाई आतंकित र उत्तेजित बनाउने गरी समाचार प्रकाशन गरिरहेपछि त्यस्ता अनलाइनहरुलाई नेपालमा खुल्न नसक्ने गरी बन्द गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई सिफारिस गरिएको काउन्सिलका प्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए।

बन्द गराइएका अनलाइनहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिको मृत्युको वास्तविक कारण नखुल्दै कोरोना भाइरसकै कारण मृत्यु भएको, संक्रमित भएको, नेपाल, चीन या अन्य देशमा कोरोनाको औषधि पत्ता लागेको जस्ता शीर्षकमा समाचार प्रवाह गरेर गलत सन्देश छर्दै समाजमा झन् भय र भ्रम सिर्जना गरेको प्रेस काउन्सिलको ठहर छ।

गलत सूचना प्रवाह गरी पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा कोही कसैका बारेमा पनि समाचार सम्प्रेषण गर्न नहुने काउन्सिलले जनाएको।

यी हुन् काउन्सिलले नेपालमा नखुल्ने गरी बन्द गराएका अनलाइनहरु (साभार: नेपाल समय)

https://drive.google.com/file/d/1MNbimzQXIVbgSsv3yEEFqeHs1ytleIQL/view


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope