कोरोना भाईरस आउँदैछ भन्ने कुरा अमेरिकालाई ३ बर्ष अघिनै थाहा थियो

अमेरिकी राष्ट्रपति ट्रम्पले यो कोरोना भाईरस अकल्पनीय भएको कुरा बताए पनि, अमेरिकाको सुरक्षा बिभाग पेन्टागन भने यसको बारेमा जानकार थियो | त्यो सँगै भेन्टिलेटर , मास्क र अस्पतालका ओछ्यानहरुको पनि अभाब हुनेछ भन्ने कुरामा उसलाई पहिल्यै थाहा थियो , अंग्रेजी पत्रिका दि नेसन लेख्छ। उक्त कुरा २०१७को पेन्टागन योजनामा पनि देख्न सकिन्छ ।

कोरोना भाइरसलाई नोबेल भाईरस भनेर चिनिन्छ । यसको अर्थ हो मान्छेको शरीरमा यो भाइरस नयाँ हो । त्यसैगरी यो भाइरसले ल्याउने समस्या भनेको स्वासप्रस्वासमा हो । यसरि स्वासप्रस्वासमा समस्या ल्याउने नयाँ भाइरसको बारेमा पहिल्यै चर्चा गरिसकेकेको थियो । जुन कुरा यो तलको स्क्रिन्शट पढेर पनि बुझ्न सकिन्छ । जे कुरा यहाँ भनिएको छ ठ्याक्कै त्यहि अहिले हामि भोगिरहेका छौ ।

त्यसैगरी यो भाइरसको माहमारिका कारण सामाजिक, आर्थिक तथा राजनीतिक असर पर्ने पनि उल्लेख गरिएको थियो । त्यसैगरी यसले ल्याउने समस्या, स्वास्थ्यकर्मी र सामग्रीहरुको अभाब तथा अस्पतालमा भर्ना गर्दा ठाउँको अभाब हुन सक्ने अवस्था, यसको बारेमा पनि समेटिएको थियो । फेरी यहाँ पढ्नुहोस ।

यी सबै कुरा थाह हुँदाहुँदै पनि किन अमेरिका आँफैले अभावको समस्या भोगिरहेछ आज?
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस