चैत २५ पछि लकडाउन लम्बिन्छ ?

२२ चैत्र २०७६, शनिबार ०२:११

चैत २५ पछि लकडाउन जारी रहन्छ कि खुल्छ भन्ने कौतहलताका माझ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आकश्मिक मन्त्रीपरिषद् बैठक बोलाएका छन् । उक्त बैठक आईतबार दिउँसो ४ बजे बालुवाटारमा हुनेछ ।

उक्त बैठकमा लकडाउनको समय बढाउने–नबढाउने विषयमा छलफल हुनुका साथै सेनालाई मेडिकल सामग्री खरिद गर्न दिने वा नदिने बारेमा पनि छलफल हुने कुरा अनलाईन दैनिक देश-सञ्चार लेख्छ ।

तर अनलाइनखबरको प्रश्नमा एक मन्त्रीले लकडाउन लम्बिने वा नलम्बिने भन्ने बारेमा भन्छन, ‘हामीले मात्र भनेर हुँदैन, भारतमा के हुन्छ, त्यो पनि हेर्नुपर्छ, किनभने कोरोना अब नेपालको मात्र समस्याको विषय रहेन ।’

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.