धनगढीमा तीन घण्टा मात्रै खाद्य पसलहरु सञ्चालन गर्न पाईने

धनगढी, २२ चैत
शनिबारदेखि धनगढीमा तीन घण्टा मात्रै खाद्य पसलहरु सञ्चालन गर्न पाईने भएको छ । सरोकारवालाहरुको बैठकले लकडाउन अवधिमा बिहान तीन घण्टाका लागि खाद्य पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
अाजदेखि लागु हुने गरी खाद्यान्न, तरकारी र दुग्धजन्य व्यवसायका पसल बिहान ६ बजे देखि ९ बजे सम्म मात्रै संचालन गर्न दिने र ग्राहकहरुसंग सामाजिक दुरी ३ फिट कायम गर्न अनुरोध गर्ने निर्णय भएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरद्धारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ ।

यस्तै हिजाे बसेको बैठकले मोटरसाईकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने समेत निर्णय भएको धनगढी उप–महानगरपालिकाले जनाएको छ । दैनिक उपभोग्य सामाग्रीहरुको होमडेलीभरी गर्न चाहने ब्यावसायीहरुलाई भने स्थानीय सरकारले अनुमती दिएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस