माहाबिर पुन: कोरोनाको बिरामी जाँच्ने बुथ र बिग्रेको भेन्टिलेटर, सम्पर्क गर्नुहोला


राष्ट्रिय आबिस्कार केन्द्रका माहाबिर पुन आफ्नो फेशबुक वालमा लेख्छन, ‘कोरोनको बिरामी जाँच्ने तीन वटा बुथको नमुना बन्यो । बिग्रेको भेन्टिलेटरहरु बन्दैछन ।’ उनि अरु जिल्लामा पनि त्यस्तै बुथहरु बनाउन चाहनेलाई आँफूसँग ९८४१५९२३६१ मा सम्पर्क गर्न भन्छन।

माहाबिर लेख्छन ‘डाक्टरले सुरक्षित रुपमा कोरोनाको बिरामी जाँच्ने बुथको नमुना पोखरा, लतितपुर र काठमान्डूमा बन्यो। काठमान्डूमा दिपकराज देवकोटाको टीमले बनाएको बुथको परीक्षण बीर अस्पतालको डाक्टरहरुले राष्ट्रिय आविष्कार केन्द्रमा आएर गर्नु भयो । पोखरा विश्व बिद्यालयमा भाई रबि भण्डारीको टीमले बनाएको बुथको परीक्षण गण्डकी अस्पतालको डाक्टरहरुले गर्नु भयो । ललितपुरमा भाइ बिष्णु जंग बस्नेतको टीमले बनाएको बुथको परीक्षण भोलि पाटन अस्पतालमा हुनेछ ।’

माहाबिर पुनका अनुसार परीक्षणको दुई दिन पछि देखि ति बुथहरु बीर अस्पताल, पाटन अस्पताल र गण्डकी अस्पतालमा संचालनमा आउनेछन ।

त्यसैगरी काठमाडौँ को ट्रमा सेन्टरको बिग्रेको भेन्टिलेटरहरु मध्य दुई वटाले काम गर्न सक्ने उनी बताँउछन। बाँकी ३ ओटाको पनि पार्टपुर्जा खोलेर बनाउने प्रयास गरिरहेको कुरा उनी फेसबुक वालमा लेख्छन । ‘धेरै बायोमेडिकल ईन्जिनियरहरु राष्ट्रिय आविष्कार केन्द्रमा आएर मर्मत गर्ने काम गरे । सबैलाई धेरै धन्यबाद छ,’ माहाबिर लेख्छन ।

माहाबिर पुन शिक्षक, समाजसेवी र बैज्ञानिक पनि हुन।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope