जब हामी लकडाउन तोडेर हिड्यौ काठमाण्डौबाट पोखरा, हेर्नुहोस भिडयो

हामी रेपोर्टिङ्ग गर्ने रहरले घर बाहिर निक्लिएका थिएनौ । कोरोना भाईरसलाई चुनौती दिने एउटै मात्र विकल्प भनेको घरभित्रै बस्नु थियो। बाहिर नानिस्किनु थियो । अचानक पोखरा जानुपर्ने भयो, बाध्यताबस ।
यसको असर हरेक दिन ज्याला गरेर खाने मानिसहरुमा नराम्रो देखिएपनि, कोरोना भाईरस माहामरिबिरुद्दको गतिलो लडाई लाग्थ्यो ।
हामीले जिल्ला सिक्षा अधिकारीलाई फोन सम्पर्क गरेर पास मिलायौ । एकजना ट्याक्सी चालक भाईलाई अनुरोध गरियौ । उनले हाम्रो समस्या बुझेपछि आनाकानी नगरी स्वीकृतिमा मुन्टो हल्लाए र हामी लाग्यौ लोकन्थलीबाट पोखरासम्मको यात्रामा ।

लकडाउनमा काठमाण्डौका बाटाहरु फराक देखिन्थे । र सफा पनि । सधै देखिने धुलाम्य पाहाडपनि आँफै अगाडी आएर उभिएजस्तो भान हुन्थ्यो । खुल्ला लाग्थ्यो काठमाण्डौ । कोरोना भाईरसले बिस्व डुलिरहदा, र हामी जनताले त्रास र सास्ती खेपीरहनु पर्दा काठ्माण्डौले भने राहतको महसुस गरेर उग्राईरहेको जस्तो लाग्थ्यो, जसरि दिन उग्राईरहेको थियो ।
चोकचोकमा ट्राफिक प्रहरीहरु उभिएका थिए फाट्टफुट्ट चोकमा निक्लिएका मान्छेहरुलाई सोधपोछ गर्दै, कोहि पास देखाउँदै अगाडि बढ्दै थिए भने कोहि ‘बाहिर निस्केको पसलसम्म’ भनेर उत्तर दिदै थिए । बाटामा गाडिहरु केहि थिएनन, केहि तरकारी बोक्ने, केहि निजी तथा सरकारी गाडीहरु बाहेक ।
बाटामा दुई छेउतिर लगाएका बोटबिरुवाहरुले मस्त पालुवा फेरेको देखिथ्यो । हिजोसम्म बरखी बारेर बसेका जस्ता देखिने ति बोट बिरुवाहरु, आज हरिया र रहरलाग्दा भएर राहतको सास फेरेर ठिङ्ग उभिरहेका, हलुका बतासमा घरिघरि हल्लिरहेका देखिन्थे ।
बाटामा दुई छेउतिर लगाएका बोटबिरुवाहरुले मस्त पालुवा फेरेको देखिथ्यो । हिजोसम्म बरखी बारेर बसेका जस्ता देखिने ति बोट बिरुवाहरु, आज हरिया र रहरलाग्दा भएर राहतको सास फेरेर ठिङ्ग उभिरहेका, हलुका बतासमा घरिघरि हल्लिरहेका देखिन्थे ।

कुनै गाडि नगुडदा र कोहि नहुँदा फराक र खुल्ला देखिएका ति बाटाहरुमा गहुचरणकै आभाष दिने गरि गाईबस्तुहरु बीच बाटोमै बुर्कुसी मार्दैथिए । बाटामा सबै पसलहरु बन्द थिए, फाट्टफुट्ट देखिएका फलफुल र औषधि पसलहरु बाहेक । यसरि हामी कलंकी हुँदै अगाडी बढ्यौ र पोखरासम्मको यात्रा गर्यौ ।

बाटाभरि हामीलाई झन्डै २० ठाउँ जति ट्याक्सी रोकाएर सोधपुछ गरियो । हेर्दा साँचै कडिकडाउ बलियो देखिन्थ्यो र लकडाउनको प्रभाब प्रभाबकारी लाग्थ्यो । यसको असर हरेक दिन ज्याला गरेर खाने मानिसहरुमा नराम्रो देखिएपनि, कोरोना भाईरस माहामरिबिरुद्दको गतिलो लडाई लाग्थ्यो । हेर्नुहोस भिडयो:
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस