फेवा नवबर्ष महोत्सव स्थगित्


पोखरा, २६ चैत : कोभिड– १९ भनिने कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिलाई ख्याल गर्दै नेपाली नयाँ बर्षका अवसरमा आयोजना हुँदै आएको फेवा नव बर्ष महोत्सव यसपटक स्थगित गरिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ ।

संघका सदस्य व्यवसायीका नाममा मंगलबार एक पत्र लेख्दै संघका अध्यक्ष विकल तुलाचनले यसपटक आयोजना हुने क्रममा रहेको १७ औं फेवा नव बर्ष महोत्सव स्थगित गरिएको जानकारी गराएका हुन् ।

पत्रमा भनिएको छ– कोरोना भाइरसले उत्पन्न विषम परिस्थितिमा नेपाल सरकारद्वारा उक्त संक्रमणलाई न्यूनिकरण गर्न घोषित लकडाउनका कारण १७ औं फेवा नव वर्ष महोत्सव सम्पन्न गर्न असमर्थ भएको जानकारी गराउन चाहन्छौं ।

संघले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत नेपाली नयाँ वर्षलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गरी बढी भन्दा बढी पर्यटक भित्र्याई यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले फेवा नयाँ वर्ष महोत्सव संचालन गर्दै आइरहेको थियो । महोत्सवले गण्डकी प्रदेश तथा नेपालको जातीय भेषभुषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षहरुको उजागर साथै प्राकृतिक सम्पदाहरुको प्रर्वद्धन समेत गर्दै आएको थियो ।

यसैगरी संघले लकडाउनलाई पूर्ण समर्थन र सहयोग गर्दैै समस्त सदस्य हरुलाई उक्त लकडाउनको पुर्ण पालना गर्न पनि अनुरोध गरेको छ । यही अवसरमा संघले नयाँ वर्ष २०७७ को शुभकामना पनि व्यक्त गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope