कोरोनाभाईरस संक्रमितको संख्या १५ लाख कट्यो, मर्ने झन्डै १ लाख

२७ चैत्र २०७६, बिहीबार ०१:५०

वोर्ल्डमिटर वेबसाईटका अनुसार अहिले बिस्वमा कोरोना संक्रमितको संख्या १५ लाख भन्दा बढि छ भने, मर्नेको संख्या ८८ हजार कटिसकेको छ ।

सबैभन्दा बढी संक्रमितको संख्या अहिले अमेरिकामा छ, त्यो हो झन्डै साँढे ४ लाख । एकैरातमा २ हजारको मृत्यु भएर अहिले मर्नेको संख्या १५ हजारको नजिक पुगिसकेको छ । र यो क्रम बढ्दो छ ।

ईटाली र स्पेनमा नया मृत्यु त्यति धेरै थपिएका छैनन् । अमेरिकामा भने संक्रमित र मृत्यु हुनेको संख्या आकासिँदो छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.