लकडाउन तत्कालै खुल्ने कुनै संभावना छैन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन हप्ता लामो लकडाउन अप्रिल १४ पछि पनि बढाउने बताएका छन्।
बुधबार कोरोना भाइरसले ‘राष्ट्रिय आपतकाल’ को सिर्जना गरेको बताउँदै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन हप्ता लामो लकडाउन अप्रिल १४ पछि पनि बढाउने बताएका छन्। उनले थप कडा सामाजिक दुरी लागु गर्न आवश्यक रहेको बताएछन् उनले अरु मुख्यमन्त्री र न्यायीक अधिकारीहरुसँगको कुराकानीमा तत्कालै लकडाउन हटाउन नसकिने अवस्था रहेको बताएका छन्।
‘यतिबेला लकडाउन खोल्न कुनै पनि हिसाबमा सम्भव छैन। तर सबैले सामाजिक दूरी कायम गर्नु जरुरी छ’, मोदीले भने, ‘हामी राष्ट्रिय आपतकालिन समयमा जस्तै गइरहेका छौ। समय–समयमा अभूतपुर्व कदम चाल्न बाध्य बनाएको छ।’
यसको असर नेपालमा पनि पर्ने देखिन्छ अर्थात, लकडाउन चाडै खुल्ने कुनै संभावना देखिदैन ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस