विश्व स्वास्थ्य संगठनका महासचिवलाई ज्यान मार्ने धम्की

चैत २७, २०७६, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचो)का महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।
‘कोरोना महामारी नियन्त्रणको प्रयास गरिरहँदा, गएको दुईतीन महिनादेखि म माथि दुर्व्यवहार हुँदै आएको छ, व्यक्तिगत आक्रमण गर्नेदेखि जातीय दुर्व्यवहार गर्ने समेतका व्यवहार देखिएको छ, मलाई कालो जाती वा हब्सी भनेर बोलाइएको छ।’
बुधबार आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, ‘ज्यान मार्नेसम्मका धम्की आएपनि मैले त्यस्ता धम्कीको मतलब गरेको छैन।’ व्यक्तिगत रुपमा जातीय समस्याबाट आफूलाई कसैले केही भन्छ वा गर्छ भने त्यसको प्रतिकार गरिने टेड्रोसले बताएका छन्। उनले भनेका छन्, ’कालो हुनुमा मलाई गर्व छ, म कालो छु, त्यसैले म हब्सी पनि हुँ।’
केहिदिन अगाडी समयसमाचारले वाशिङ्गटन पोष्टबाट एउटा समाचार साभार गरेको थियो त्यसमा कोरोना भाईरसबाट मर्नेमा काला जातिको संख्या अझ बढि रहेको तथ्य फेला पारेको थियो ।
हेर्नुहोस यो भिडयोमा माहासचिब के भन्छन आँफुलाई ज्यान मार्ने धम्कीको बारेमा:
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस