कोरोना भाईरसलाई जितेर घर फर्कनेको संख्या काहाँ कम छ र !

कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्याको चर्चा भईरहँदा, कोरना भाईरसलाई जितेर घर फर्किएकाहरुको चर्चा भने खासै सम्प्रेषण गरिएको भेटिदैन ।
हुन् त अहिले जम्मा मृत्यु हुनेको संख्याले १ लाख नाघिसकेको छ भने, संक्रमितको संख्या झन्डै १८ लाख पुगिसकेको छ । त्यसो भनिरहँदा यो पनि भुल्नु हुन्नकि ति संक्रमितहरु निको भएर घर फर्किएका पनि छन् ।
अहिलेसम्ममा निको भएर घर फर्किएकाहरुको संख्या जम्मा ४ लाख भन्दा माथि छ । यसलाई हेर्दा हामी निको पनि हुन सक्दा रहेछौ भेन्ने बुझ्न सकिन्छ । त्यहि भएर तपाई नडराउनुहोस, तर संयमित भने भैराख्नुहोस ।
त्यसै गरि अर्को उद्धारण चाईनाको पनि हो । चाईनाको वुहानबाट सुरु भएको यो भाईरस अहिले त्यहाँ मृत्यु हुनेको संख्या लगभग ठप्प छ। यसबाट पनि हामी धेरै आशाबादी हुन सक्छौ ।
त्यसैगरि हेरक देशमा भाईरसलाई जितेर निको भएका र घर फर्केकाहरुको संख्या नभएको होईन । त्यहि भएर हामी मृत्यु हुनेहरुको र संक्रमित हुनेहरुको संख्यालाई मात्र नहेरौ । निको भएर घर फ़र्किएकाहरुको संख्यालाई पनि हेरौ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस