ब्रेकिङ्ग न्युज: नेपालमा अरु थप ३ जनामा कोरोना भाईरसको आसंका

३० चैत काठमाडौं, भारतसँग सीमा जोडिएको पर्साको नारायणी अस्पतालमा कोरोना भाइरसको शंका गरी आइसोलेशन वार्डमा राखिएमध्ये तीनजना बिरामीमा कोरोना भाईरस भएको भनिएको छ ।
के टि एम दैनिक लेख्छ, “शुक्रबारबाट नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको ३ जना भारतीय नागरिकलाइ कोरोना संक्रमण पोजेटिभको आशंकामा हेटौडामा स्वाब परीक्षणको लागि ल्याइएको थियो । हेटौडामा परीक्षण गर्दा कोरोना भए नभएको एकीन रिपोर्ट आउन नसकेपछि पुन परीक्षणको लागि काठमान्डौको केन्द्रिय ल्यावमा पठाइएकोमा त्यहाँ पुन परीक्षण गर्दा ३ नै जनालाइ कोरोना भएको पुष्टी भएको हो ।”
तर नेपाल सरकारले भने यसको आधिकारीक पुष्टी गरेको छैन । आज स्वास्थ्य मन्त्रालयले गर्ने प्रेस ब्रिफ्रीङ्गमा आधिकारीक रुपमा यसको तथ्य सत्य बारे के हो भन्ने कुरा थाहा हुनेछ । र अहिलेनै पत्याईहाल्ने स्थिति छैन ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस