मृत्यु हुनेको संख्याअमेरिका, ईटाली, र स्पेनमा क्रमस: २०, १९ र १६ हजार नाघ्यो

२९ चैत्र २०७६, शनिबार २२:४८

अहिलेसम्ममा कोरोना भाईरसबाट संक्रमित र मृत्युहुनेको संख्या सबै भन्दा बढि अमेरिकामा छ, अर्थात अहिलेसम्ममा मृत्यु हुनेको संख्या २० हजार नाघिसकेको छ भने संक्रमितको संख्या साँढे ५ लाख भन्दा बढी भैसकेको छ ।

अमेरिकामा हरेक दिन निको हुनेको भन्दा संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

त्यसैगरी अहिले ईटालिमा संक्रमितको संख्या ढेड लाख नाघिसकेको छ भने मृत्यु हुनेको संख्या साँढे १९ हजार भन्दा माथि छ ।

स्पेनमा भने ईटालिमा भन्दा बढि संक्रमित छन् तर मृत्युहुनेको संख्या भने ईटालिमा स्पेनको भन्दा कम छ । यद्दपि त्यहाँ मर्नेको संख्या १६ हजार माथि पुगिसकेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.