भारतले लकडाउन लम्ब्यायो अब फेरी नेपालको पालो


२ वैशाख, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन फेरी लकडाउन लम्ब्याएको छ थप तीन साताका लागि ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन वैशाख २१ गतेसम्म लम्ब्याउने घोषणा गरेका हुन् ।

‘लकडाउनका कारण भारत अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई टार्न सफल भएको छ,’ प्रधानमन्त्री मोदीले भने, ‘मलाई थाहा छ कि तपाईंहरुलाई अप्ठ्यारो भएको छ । कसैलाई खाने त कसैलाई आउजाउ गर्ने समस्या छ । तर तपाईहरुले अनुशासित सिपाहीले जसरी देशको कर्तव्य निभाइरहनु भएको छ।’

सामाजिक दुरी र लकडाउनले निकै लाभ मिलेको भन्दै उनले भने अर्थतन्त्र पछाडी परेपनि भारतबासीहरुको लागि लकडाउनले फाईदानै हुन्छ ।

वोर्ल्डमिटर वेबसाईटका अनुसार भारतमा हालसम्म साढे १० हजारमा कोरोना संक्रमण भएको भएको छ भने साढे ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

अब यो पनि निश्चित छ कि नेपालले फेरी अरु केहि हप्तासम्मका लागि लकडाउन बढाउदै लानेछ । अरु देशहरु जस्तो स्पेनले पनि लकडाउनको समय थपिरहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope