अमेरिकाको निर्णय दुखद, विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले आफूलाई दिदैं आएको आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपतिको निर्णयलाई दुखद भनेको छ ।
विश्व नै एक भएर नयाँ कोरोना भाइरसविरुद्ध लड्ने समय आएको बेला अमेरिकाको त्यस्तो प्रतिक्रिया आउनु दुखद हो, डब्लुएचओ भन्छ ।
विश्व नेताहरूले आर्थिक सहायता बन्द गर्ने ट्रम्पको निर्णयको आलोचना गरेका छन्। मंगलबार ट्रम्पले डब्लुएचलाई दिदै आएको सहयोग बन्द गर्ने घोषणा गरेका थिए।
डब्लुएचओका प्रमुख डा ट्रेडोस अडामोन गेब्रेससले आफ्नो सबैभन्दा ठूलो आर्थिक दाता अमेरिकाले उठाएको कदममाथि प्रतिक्रिया दिदैं ‘अमेरिका डब्लुएचओको लामो समयदेखिको उदार मित्र हो र उसले त्यसलाई निरन्तरता दिइराख्ने आशा राखेको’ बताएका छन्।
डब्लुएचओको कुल बजेटमा अमेरिकाले १५ प्रतिशत योगदान दिदैं आएको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस